नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी सचिव भेष्म नेउपानेका अनुसार आजदेखि नै लागु हुने गरि ४ वर्षको लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरिएको हो । यसअघि उनी बैंकका कामु सीईओ थिए ।

२०७७ सालमा नबिल बैंक प्रवेश गरेका ज्ञवाली नायब महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका छन् ।

यो पनि– नबिलमा मनोजको लोभलाग्दो प्रगति ‘ग्राफ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *