सर्वोच्चको आदेशबारे अग्नि सापकोटा- अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन (भिडिओ)

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आफ्नो मुद्दाबारेको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेर मात्र टिप्पणी गर्ने बताएका छन् ।

खुमलटारमा पदाधिकारी बैठकपछि उनले भने ‘अहिले आदेशको लिखित पनि आएको छैन । पूरै अध्ययन गर्नुपर्छ । मैले हिजोदेखि भन्दै आएको कुरा हो- अहिले छलफल गर्नुपर्ने आवश्यकता छैन ।’

उनले यो विषयमा आ-आफ्नै ढंगले प्रचार गरिएको भन्दै ती प्रचारमा कुनै सत्यता नभएको जिकिर गरे ।

‘जब पूर्णपाठ आउँछ त्यो राम्रोसित अध्ययन गरेपछि राम्रोसित टिप्पणी गर्नुपर्छ । अदालती कुरामा अधुरो अपूरो टिप्पणी गर्नु हुँदैन’, सापकोटाले सञ्चारकर्मीसँग भने ।

काभ्रेका अर्जुन लामाको अपहरण र हत्यासम्बन्धी मुद्दामा १२ वर्षपछि सर्वोच्चले बुधबार उत्प्रेषण आदेश जारी गरेसँगै सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धानको बाटो खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *