‘बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने’ भन्दै असन्तुष्ट राजावादी कार्यकर्ताको छुट्टै भेला (भिडिओ)

काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेला अनिर्णित बन्यो । युवाहरूले विभिन्न असन्तुष्टि राख्दै होहल्ला गरेपछि संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले भेला स्थगित गरेका थिए ।

 

भेलाले आन्दोलनका कार्यक्रम तय गर्न सकेन । सुवेदीले आजै सानो कमिटीले बेलुकासम्म नयाँ कार्यक्रम घोषणा गर्ने बताए, तर कार्यकर्ता सन्तुष्ट हुन सकेका छैनन् । भेला स्थगनपछि नवदुर्गा पार्टी प्यालेसबाट नेताहरु हिँडे, तर केही कार्यकर्ताहरू त्यहीँ बसिरहेका छन् ।

यसअघि भेलामा मिडियालाई प्रवेश गराइएकोप्रति पनि युवाहरू असन्तुष्ट थिए । अहिले मिडियालाई निकालेर युवाहरूले छुट्टै भेला गरेका हुन् । करिब ५० जना युवा सहभागी रहेको बताइएको छ । उनीहरू बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने बताइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *