काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपालको राष्ट्रिय सम्मेलन जारी छ। सम्मेलनको आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।
सम्मेलनले हिजो राजनीतिक र साङ्गठनिक प्रतिवेदन पारित गरेपछि अहिले नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ। नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी छ।
आकाङ्क्षी धेरै भएकाले वाईसीएलका संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखालगायतले सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाएका छन्।
हिजो दीपशिखा र वाईसीएलका अध्यक्ष सुबोध शेर्पालीलगायतलाई खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले सहमतिको प्रयास गर्न जोड दिँदै नभए मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन भनेका थिए।
प्रचण्डको निर्देशनअनुसार छलफल चले पनि अहिलेसम्म सहमति नेतृत्वमा सहमति जुट्न सकेको छैन। सहमति नजुटे आजै निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ।
अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी, नवराज ऐरलगायत एक दर्जनभन्दा धेरै आकाङ्क्षी देखिएका छन्।

Leave a Reply