भिजिट भिसा प्रकरणमा गृहमन्त्री- सबैको चित्त बुझ्ने गरी सदनमै जवाफ दिन्छु (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूले सदनमै जवाफ दिने दोहोर्‍याएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको विषय सदनमा उठेकाले सदनमै जवाफ दिने बताए।

उनले भने, ‘यो जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ। अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दियो भने अरू साथीहरूको पनि चित्त बुझ्ला भन्ने अपेक्षा राखेको छु।’

यस्तै, उनले राप्रपाका नेताहरूले राजावादी आन्दोलन छाडे लगत्तै सुरक्षाकर्मी फिर्ता गराउने बताए।

राजावादी आन्दोलनको कारणले सुरक्षाकर्मी धेरै चाहिएकाले अहिले फिर्ता पठाउन नसक्ने बताए।

उनले अहिलेको संविधान र व्यवस्था विरोधी गतिविधि स्वीकार्य नहुने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *