काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १९ गतेको घटनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको भन्दै खेद व्यक्त गरेको छ ।
राजा वीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा कमलादी गणेश मन्दिरमा आयोजित कार्यक्रममा वाइसीएल र राजावादीबीच आमनेसामने भएको थियो । उक्त घटनामा प्रचण्डले आफ्नो कार्यकर्तालाई उक्साएको र यस्ता घटना जारी रहे प्रतिवाद गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यस्ता कार्य जारी रहेमा राप्रपाले आगामी दिनमा सशक्त प्रतिवाद गर्ने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बैठकले आफ्नो आन्दोलनलाई निष्प्रभावी एवम् भ्रम पार्ने किसिमका समाचार सम्प्रेषित भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले केही सञ्चारमाध्यममा प्रकाशित त्यस किसिमका समाचारले भ्रममा नपर्न आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply