गण्डकी सरकारले राइड सेयरिङ नियमावली स्थगित गर्ने भएपछि व्यवसायी आन्तरिक छलफलमा

काठमाडाैं । गण्डकी सरकारले राइड सेयरिङ नियमावली स्थगित गर्ने भएपछि व्यवसायी आन्तरिक छलफलमा जुटेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै उनीहरु छलफलमा लागेका हुन् । साेमबार संघीय सरकार र व्यवसायीबीच भएकाे ६ बुँदे सहमतिलाई गण्डकी सरकारले अनुमाेदन गर्नुपर्ने व्यवसायीले बताएपछि मंगलबार गण्डकी सरकारले उक्त नियमावलीलाई एक महिना स्थगित गर्ने निर्णय गरेकाे हाे ।

 

Comments

2 responses to “गण्डकी सरकारले राइड सेयरिङ नियमावली स्थगित गर्ने भएपछि व्यवसायी आन्तरिक छलफलमा”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपाल यातायातमा मान्छेलाई भेडाबाख्राजस्तो कोचेको देखेका छौ ओलि ? तिमी त एसिवाला टोयोटा फर्च्युनरमा हिडछौ । हो यसैगरी भेडा बाख्राजस्तो कोच्न पाउँ भन्ने माग हो यी गुण्डाहरूको । ओलिले पनि यिनलाई छाप लगाईदिए । पद छोड ओलि । म तिम्रो फ्यान थिएँ । तर बिस्तारै तिम्रो कामदेखि अब म निराश हुन थालेको छु

  2. ksp pyl Avatar
    ksp pyl

    अब मन्त्री र सरकारले वार्ता गर्ने भनेर यातायातका गुण्डाहरूसँग पैसा उठाउँछन । अनि सधैंको लागि लुटन दिन्छन् । यो नियमावली तर्साएर पैसा झार्न ल्याईएको हो, लागू गर्न होईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *