राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ मुख्यमन्त्री र मन्त्रीहरुको छलफलपछि एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको हो । व्यवसायीलाई वार्ता आउनका लागि एक महिनाको समय राखिएको सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री टकराज गुरुङले जानकारी दिए ।

‘व्यवसायीसंगको छलफलका लागि एक महिना स्थगित गरेका हौं’, उनले भने, ‘एक महिनापछि नियमावली लागू हुन्छ खारेज हुदैन ।’

आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच गएराति भएको वार्तामा संघीय कानूनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्ने गरी सहमति भएको थियो ।

उक्त सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्थगन गर्न पत्राचार गरेअनुसार गण्डकी प्रदेश सरकारले नियमावली स्थगित गरेको हो ।

गण्डकी प्रदेशले गत बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेको थियो । त्यसको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि नै सार्वजनिक यातायात ठप्प पारेका छन् ।

Comments

One response to “राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय”

  1. ksp pyl Avatar
    ksp pyl

    अब यो देशका नेताबाट केही पनि हुँदैन । सबै बिकाउ निस्किए । ओलिको कार्यालयले समेत स्थगित गर भनेपछि अब यो देशमा गर्छ कसले ? ओलि पनि लुटेराहरूलाई लुटन दिन पाउनुपर्छ भन्ने पक्षमा हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *