घोराही पूर्ण खोपयुक्त उपमहानगर घोषणा

दाङ । घोराहीलाई पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणाा गरिएको छ ।
उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले आज घोषणा सभा आयोजना गरी ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा’ गरेको हो ।

घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराही उपमहानगरले खोप सुनिश्चिततामा उत्कृष्ट उपलब्धि हासिल गरेको बताए । उनले जिल्लाका अन्य सबै स्थानीय तहले घोराहीबाट सिक्नुपर्ने आवश्यकता औंल्याए ।

नगर प्रमुख नरूलाल चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा आफूहरूले विशेष प्राथमिकता दिएको जानकारी दिए । उनले मानवीय विकास बिना नगरको समृद्धि सम्भव नहुने बताउँदै स्वास्थ्य सेवा सुदृढीकरणमा निरन्तर क्रियाशील रहेको बताए ।

किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै प्रमुख चौधरीले उपमहानगरका १९ वटै वडामा स्वास्थ्य सेवा अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोरकुमार आचार्यले स्वास्थ्य क्षेत्रमा घोराही उपमहानगरपालिकाले उल्लेखनीय सफलता हासिल गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *