मलेसियाबाट स्वदेश फर्किए उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । पार्टीसम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मङ्गलबार स्वदेश फर्किएका हुन्।

मलेसिया भ्रमणमा रहँदा अध्यक्ष यादवले मलेसियाका लागि नेपाली राजदूत डा। नेत्रप्रसाद तिमल्सेनासँग नेपाली श्रमिकको समस्याबारे छलफल गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

सो अवसरमा विनोदकुमार यादवको अध्यक्षतामा जसपा नेपालको प्रवास समिति ‘नेपाली समाज मलेसिया’ पुनर्गठन गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापालगायतको सहभागीता थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *