काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँ निष्कर्षमा नपुर्याइ नछाड्ने बताएका छन् ।
काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए ।
दाहालले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्याउने हाम्रो कोसिस भइरहेको छ । आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ ।’
उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भएको बताए ।
उनले भने, ‘हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौँ । तर, राजावादीको वितण्डा जसरी देखियो त्यसको बारेमा युवा र विद्यार्थीहरूलाई भनेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण भनेका छौँ । यदि राजावादीहरू हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुस् भनेका छौँ । गाउँ-गाउँमा टोल टोलमा । उनीहरूको कुतर्कको सही जवाफ दिएर पर्दाफास गर्नुपर्छ ।’

Leave a Reply