डा. केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति चयन (मतसहित)

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को नयाँ नेतृत्वमा डा. केदार सुवेदी चयन भएका छन् । काठमाडौंको बत्तीसपुतलीमा शनिबार सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कूल ७१२ जना मतदाता रहेकोमा सुवेदीले ३०३ मतसहित अध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेले २१६ मत पाएका छन् ।

महासचिवमा डा. शंकर न्यौपाने ३४१ र कोषाध्यक्षमा डा. विकास श्रेष्ठ ३६७ मतले विजयी भए ।

त्यसैगरी, सदस्यमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राई, डा. नविन पन्थी, डा. साधना घिमिरे, डा. सरद नरसिंह अमात्य, डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरेका थिए ।

मन्त्री अधिकारीले छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकहरूले मेडिकल चिकित्सकहरूजस्तै गाउँ(गाउँमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले ‘एक स्थानीय तह, एक पशु चिकित्सक’ कार्यक्रम कार्यान्वयनका लागि बजेट व्यवस्था भइसकेको जानकारी दिँदै एनभिएसँग आवश्यक समन्वय र सहयोगको अपेक्षा राखेको बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *