तुलसीपुर-कपुरकोट सडक १० दिन ६ घण्टा बन्द

दाङ । राप्ती लोकमार्ग अन्तर्गत अन्तर्गत तुलसीपुर-सल्यान सडकखण्ड १० दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

राम्रीदेखि कपुरकोटसम्मको बाटो ममर्त गर्नुपर्ने भएकाले जेठ २३ देखि असार १ गतेसम्म उक्त सडकखण्डमा सवारी साधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन दाङले पूर्वसूचना जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बाटो बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने छ । बेलुकी ५ बजेदखि बिहान ११ बजेसम्म भने सवारी साधन चल्न पाउने छन् ।

बन्दका बेला पैयाखोरिया,सातबास,किमुचौर सडकखण्डबाट साना सवारी संचालन गर्न सकिने प्रशासनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *