विपक्षीलाई सत्तापक्षको जवाफ- गृहमन्त्रीले सदनमा नबोली छानबिन आयोगबारे छलफल हुँदैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेपछि जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपक्षीसँग वार्ता सकारात्मक भएकाले भोलिसम्मको लागि बैठक स्थगित गरिएको बताए ।

उनले भने, ‘गृहमन्त्रीले जवाफ दिन पाउनुपर्छ हाम्रो लगातारको आग्रह त्यही हो । गृहमन्त्री जवाफ दिन तयार हुनुहुन्छ । उहाँले जवाफ दिएपछि मात्रै विपक्षी दलहरूको मागबारे छलफल हुन्छ । त्यसमा उहाँहरू तयार हुनुभएन । उहाँहरूले राजीनामा नभए छानबिन समिति बनाउनुपर्‍यो भन्नुभयो । जवाफ दिँदा नै विपक्षीहरूको माग सम्बोधन हुनसक्छ ।’

उनले प्रश्न उठेपछि सदनमा आएर जवाफ दिन रोक्ने कुराले गलत नजिर बस्नसक्ने भन्दापनि विपक्षी तयार नभएको आरोप लगाए । उनले गृहमन्त्रीले बोल्न नपाई विपक्षी राखेको मागबारे छलफल गर्ने परिस्थिति नबनेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *