काठमाडौं । प्राकृतिक प्रकोपले देशका राजमार्गहरु ठाउँ ठाउँमा अवरुद्ध भइरहदा राजधानीलाई पूर्वी र मध्य पहाडी जिल्लासँग जोड्ने सबैभन्दा पूरानो र रणनीतिक मानिने अरनिको राजमार्ग वैकल्पिक सडक बन्न सक्थ्यो ।
विपी राजमार्गको अवस्था नाजुक भएका बेला अरनिको राजमार्गबाट दोलखा,रामेछाप,ओखलढुंगा,सोलुखुम्बुलगायतका जिल्लामा यात्रा गर्न सहज हुने अरनिको राजमार्गको धुलिखेल सावा सडक खण्डको ४ किलोमिटर नबन्दाको सास्तिमा सरकार उदासिन छ ।
पानी पर्दा हिलोले गाडी पास गर्न सकिन्न । घाम लाग्दा धुलोका कारण चालकले अगाडि देख्न सक्दैनन् । नेपाल प्रेसकर्मी उमेश कार्कीले हालै यो सडक खण्डको ड्रोन र सतहबाट लिएको भिडिओले वैकल्पिक राजमार्गको दुर्दशा देखाउँछ ।
यो क्षेत्रबाट निर्वाचित भएका सांसद तथा पूर्व मन्त्री गोकुल बास्कोटाले बितेका ३ वर्षमा पटक पटक संसदबाट ४ किलोमिटर सडकको काम सम्पन्न गर्न सरकारको ध्यानकर्षण गराए । उनले आफ्नै पार्टीका भौतिक पूर्वाधार मन्त्रीलाई जनताले ढुंगा हान्ने अवस्था आएको भनेर सदनबाटै चेतावनी पनि दिए ।
त्यसअघि २०८० मै बास्कोटाले अरनिको राजमार्गको नाम फेर सग्ला मान्छे कच्याकुचुक अन्तर्राष्ट्रिय राजमार्ग राख्न भन्दै ठेकेदारलाई कारवाही वा सडक सम्पन्न नगरे अनसन बस्ने चेतावनी पनि दिए ।
तर खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर सडक ४ पटक प्रधानमन्त्री र ४ पटक मन्त्री फेरिँदा पनि बन्न नसक्नुले शासकको अनुहारमा हिलो पोतिएको छ । उनीहरुको आँखामा यो सडकको धुलो परेको हो ? यो सडकको दुर्दशाले त यहि प्रश्न गरिरहेको छ ।


Leave a Reply