क्रम्प्टन ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न

काठमाडौं । सिजी इलेकट्रोनिक्सद्वारा सञ्चालन गरिएको Crompton “नयाँ वर्षको ठूलो हर्ष” नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम ११ जेठ २०८२ मा Crompton को आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको लक्की ड्रबाट रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले Crompton ब्रान्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, QR कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकी थिइन् । त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनले Midea 10 केजी Washing Machine जित्न सफल भएकी हुन्।

Crompton Greaves Consumer Electricals Limited ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पङ्खा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन Crompton का प्रमुख विशेषता हुन्।

CG Electronics, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेकट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत Crompton लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।

अब तपाईं पनि Crompton उत्पादन खरिद गरी QR कोड स्क्यान गर्नुहोस्, र Crompton “नयाँ वर्षको ठूलो हर्ष” योजनामा सहभागी भएर भाग्यशाली विजेता बन्ने अवसर प्राप्त गर्नुहोस्। सर्तहरू लागू हुनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *