अनलाइनबाटै विदेशी पाहुना भित्र्याउने इलामको करफोक खलङ्गा सामुदायिक होमस्टे (तस्बिरहरू)

इलाम । चिया बगान, हरियाली, अनि शान्त वातावरणका लागि परिचित इलाममा एउटा छुट्टै पहिचान बनाउँदै आएको छ- करफोक खलङ्गा सामुदायिक होमस्टे। फिक्कल बजार पार गर्दै इलामतर्फ लाग्दा मेची राजमार्गको छेउमै रहेको यो होमस्टे आजभोलि विदेशी पाहुनाको रोजाइमा पर्न थालेको छ।

६० जनासम्म पाहुना अट्ने सुविधा भएको यो सामुदायिक होमस्टेमा राई, श्रेष्ठ, तामाङ, सापकोटा, खत्री, अधिकारी र ढुङ्गेल थरका स्थानीय बासिन्दाले मिलेर संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन्। होमस्टेमा पाहुनालाई स्थानीय परिकार, संस्कृति, तथा ग्रामीण जीवनशैलीको अनुभव दिलाइन्छ।

तीन वर्षअघि सुरु गरिएको यस होमस्टेमा छिमेकी भारतका बङ्गाली, बिहारी तथा अन्य विदेशी पाहुना ‘बुकिङ डट कम’ जस्ता अनलाइन प्लेटफर्ममार्फत बुकिङ गरेर आउने गरेका छन्।

होमस्टेलाई डिजिटल प्रविधिसँग जोड्ने काम चन्द्र सापकोटाका अस्ट्रेलिया निवासी इन्जिनियर छोरा किरण सापकोटाले गरेका हुन्। उनैले ‘बुकिङ डट कम’मार्फत होमस्टेलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्‍याउने प्रयास गरेका हुन्।

शान्त वातावरणमा ग्रामीण स्वाद र अतिथ्य संस्कारको अनुभव खोज्ने पर्यटकका लागि करफोक खलङ्गा सामुदायिक होमस्टे नयाँ गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *