अछाममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

कैलाली । अछाममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारमा तारा भण्डारीका छोरा करिब २ वर्षीय युवराज भण्डारी, छोरी ४ वर्षीया रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाएका बिरामी भएको जिल्ला प्रहरी कार्यकाल अछामले जानकारी दिएको छ ।

घर वरिपरि खेल्ने क्रममा च्याउ खाएपछि उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको थियो। ती बालबालिकालाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा लगिएको छ । त्यहाँ उनीहरूको उपचार जारी छ।

अहिले सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *