शीर्ष तीन नेताको बैठकः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै (भिडिओ)

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत राखेको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारलाई जानकारी गराए ।

उनका अनुसार संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बताए ।

उनले भने, ‘यो बैठकपछि हामीले अरु प्रतिपक्ष दलसँग पनि छलफल गर्दैछौं । अहिले छलफलमात्रै भयो । संसद खोल्नुपर्छ भन्ने सत्तापक्ष र प्रधानमन्त्रीले राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राख्नुभयो । राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भन्नुभयो ।’

प्रमुख सचेतक पाण्डेले आफूहरुले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाको मागलाई यथावत राखेको र राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेको बताए ।

उनले भने, ‘सुशासनलाई केन्द्रित गरेर हामीले आफ्नो विषयवस्तु राखेका छौं । हामीले जो विषयवस्तु राखेका छौं, त्यो यथावत नै छ । सदनमा राखेको विषय त्यही हो । भिजिट भिसा, त्यहाँ जसरी गडबड भएको छ, गृहमन्त्रीले हल गर्न, अनुसन्धान गर्न मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने हो । मार्गप्रशस्त भनेको राजीनामा नै हो ।’

बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले आफ्नो कुनै पनि संलग्नता नरहेको बताएको उनले सुनाए ।

पाण्डेका अनुसार बैठकमा अहिले भइरहेको प्रतिगमनकारी गतिविधिका विषयमा पनि छलफल भयो । नेताहरु प्रतिगमनकारी शक्तिलाई सशक्त प्रतिवाद गर्न एकजुट भएको उनको भनाइ छ ।

Comments

3 responses to “शीर्ष तीन नेताको बैठकः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अलिकति पनि लाज शरम नभएको रहेछ प्रचण्ड ।मुख्य मन्त्रीलाई अख्तियारले समातेर मुद्दा चलाउँदा पनि राजिनामा नदिई खानेले कुन नाकले अहिले राजिनामा माग्दैछ ? यिनीहरूलाई मर्यादापालक लगाएर एउटा कुनामा गुजुल्टो पारेर संसद चलाउ ।संसद नचल्दा जनताको बोल्ने अधिकार कुण्ठित भन्ने अनि संसद चल्दा विना आधार र कारण बन्द गर्ने ।यी ज्यानमारा, लुटेराहरू नसकिई देश बन्दैन ।

  2. ksp pyl Avatar
    ksp pyl

    माओवादीको एउटा कार्यकर्ताले एउटा गाउँमा एउटी महिलालाई बलत्कार गरेछ रे । अब प्रचण्ड पनि बलत्कारी भए ? कार्यकर्ता त प्रचण्डकै हो । त्यसैले सत्ता नपाएको झोक नझिक । रास्वपाले पनि रविले सहकारी ठगेकाले जेल जानु परेको हो । सरकारले त पूर्वाग्रह राखेको रे । तिनै तहको अदालतले किन जेल नै पठायो त ? त्यसैले जायज काम गर । बदला होईन ।

    1. kmr Avatar
      kmr

      आफैलाई लाज हुनेगरी लाज नपचाएको भए हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *