काठमाडौं । दरबार हत्याकाण्डमा दिवंगत भएका राजपरिवारलाई श्रद्धान्जली तथा दीप प्रज्ज्वलनका लागि कमलादीमा भीडभाड बढेको छ । राजावादी नेता कार्यकर्ताका साथै सर्वसाधारहरुसमेत बाक्लो संख्यामा उपस्थित भएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सुरुमै आएर राजारानीको तस्बिरमा माल्यार्पण र दीप प्रज्ववलन गरे । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि आएका थिए ।
पूर्वराजपरिवारका सदस्यहरु भने आउन बाँकी छ । यो कार्यक्रम यसअघि नारायणहिटीभित्रै गर्ने योजना थियो । तर सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लगाएपछि स्थान परिवर्तन भएको हो । अहिले काठमाडौंभरि तीन स्थानमा बाहेक सबैतिर निषेधाज्ञा लगाइएको छ । तर, धार्मिक प्रकृतिको कार्यक्रम भएकाले दीप प्रज्ववलनमा प्रहरीले कुनै हस्तक्षेप गरेको छैन ।


Leave a Reply