कटारीको भवन उद्घाटनमा लफडा- शिलालेखमा नाम नराखेकोमा कार्यपालिका सदस्यको आक्रोश

विराटनगर । कटारी नगरपालिकाको नवनिर्मित भवनको शिलालेखमा आफूहरूको नाम नलेखेको भन्दै कार्यपालिका सदस्यहरूले विरोध गरेका छन् । प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवादले यो भवन लामो समयदेखि उद्घाटन रोकिएको थियो ।

शनिबारको कार्यपालिका सदस्यहरूले विरोध जनाएको भिडिओ सामाजिक सञ्जालमा भाइरछ छ ।

कटारीको कार्यपालिकामा उपमेयरसहित एमालेको बहुमत छ ।

विवादकै बीच मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गीता खड्काले भवनको संयुक्त उद्घाटन गरे । शिलालेखमा मेयर, उपमेयर र वडाध्यक्षहरूको मात्रै नाम राखिएपछि कार्यपालिका सदस्यले लफडा गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *