सिंहदरबारमा जुटे ३ दलका शीर्ष नेता

काठमाडौं । सिंहदरबारमा ३ दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

संसद्को गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरू भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । त्यस्तै कांग्रेसबाट पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, कृष्णप्रसाद सिटौला छन् ।

माओवादीबाट महासचिव देव गुरुङ, संसदीय दलका नेता हितराज पाण्डे छन् । महेन्द्रनारायण राय यादव पनि छलफलमा सहभागी छन् ।

Comments

One response to “सिंहदरबारमा जुटे ३ दलका शीर्ष नेता”

  1. Ra Avatar
    Ra

    Kaseri bhrastachar garni, milera khane vanera mildai chan

Leave a Reply

Your email address will not be published. Required fields are marked *