राजेन्द्रलाई वर्षमानको जवाफ- हिजोका पनि थिए भनेर आजको कुरालाई विषयान्तर गर्न मिल्दैन (भिडिओ)

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषयलाई लिएर विपक्षी दलमा एकमत धारणा आउन सकेको छैन ।

माओवादी, रास्वपा, राप्रपासहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा बटमलाइन बनाइरहेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि सदन अवरोध गर्न बैठकमा उठिरहेको छ तर, संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले गृहमन्त्रीले सदनमा बोल्नुपर्ने दिनुपर्ने र राजीनामा माग्ने आफ्नो पार्टीको निर्णय नभएको बताए ।

उनले आज नेपाल प्रेससँग कुरा गर्दै उनले भने, प्रश्न उठाउने उत्तरै दिन नपाउने भन्ने हुँदैन । त्यसो भए सबै मन्त्रीहरूलाई एउटा एउटा सांसदले राजीनामा गर भनेर बोल्ने अनि, संसदमा राजीनामा नगरी नआइज भनेर हुन्छ कि हुँदैन ।

उनले यो प्रकरणमा छानबिन विगतमा गृहमन्त्रीमाथि पनि हुनुपर्ने भन्दै माओवादी र रास्वपाको मार्केट लिने दाउनमा आफूहरू नमिसिने बताए ।

पाण्डेको यो अभिव्यक्तिपछि माओवादी संसदीय दलको बैठकपछि उपमहासचिव वर्षमान पुनले यसबारे थप रणनीति बनाउन भोलि प्रतिपक्षहरूको बैठक बस्ने बताए ।

उनले भने, ‘उहाँ ९राजेन्द्र० को आफ्नो वा पार्टीको धारणा त राख्न पाइयो नि। गृहमन्त्री, गृह सचिव डिजीहरु र कार्यालय प्रमुख को तानिन्छ भन्ने कुरा अनुसन्धानपछि जो तानिए पनि तानिन्छ तर हिजोका थिए, अस्तिका थिए भनेर आजको कुरालाई विषयान्तर गर्न मिल्दैन । आजको विषय हो ।’

 

आज विमानस्थलको अध्यागमनमा अनियमित भएको र भिजिट भिसा प्रकरणमा सेटिङमा काम भएको प्रष्ट खुलिसकेको बताए ।

उनले थपे, ‘सेटिङ नभएकाहरूलाई फिर्ता पठाइएको भन्ने तथ्य स्थापित भएको छ। यो कुरा छानबिन हुनुपर्छ। हामीले गृहमन्त्रीलाई दोषी भनेका छैनौँ। छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो दल र विपक्षी दलको निष्कर्ष हो ।’

राजीनामाको अडानबाट ब्याक नहुने निर्णयपछि प्रचण्ड यति बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष तहको छलफलमा छन् । त्यहाँ जानुअघि उनले नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए ।

 

Comments

2 responses to “राजेन्द्रलाई वर्षमानको जवाफ- हिजोका पनि थिए भनेर आजको कुरालाई विषयान्तर गर्न मिल्दैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    राजेन्द्रको कुरा सही छ । कुनै मन्त्रालयको ड्राईभरले गाडीको तेलमा हिनामिना गरेछ भने मन्त्रीले राजिनामा दिने ?

  2. Mania Thompson Avatar
    Mania Thompson

    @Ksp Pyl खड्गेको झड्केलोलाई नैतिकत भन्ने कुरो र माने के थाहा।गुहुले भरिएको दिमाग र आँखाले न केही थाहा पाउँंन सक्छ न देख्न सक्छ।चेतना भया।

Leave a Reply

Your email address will not be published. Required fields are marked *