प्रेस काउन्सिलमा ६ सदस्य नियुक्त, प्रेस युनियन र चौतारीबीच भागबन्डा

काठमाडौं । प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन् । नियुक्तमध्ये प्रेस युनियन र प्रेस चौतारीबाट ३/३ जना छन् ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी छन् भने चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी छन् । केहीले नियुक्ति पत्र बुझिसकेका छन् भने केही बुझ्ने तयारीमा रहेको बताइएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *