एमाले सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन- बजेटमाथि छलफलमा हमला हुनसक्छ, दमदार तर्क राख्नू

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफूले सरकार सम्हालेपछि देशको ओरालो यात्रा रोकेर बचाउने बाटोमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले राजनीति, अर्थतन्त्र र समाजलाई सकारात्मक ढंगले अगाडि बढाउने प्रयास गरेका छौँ । सफल पनि भएका छौँ । धेरै ठूलो खाल्डो भइसकेकाले एकैचोटी पुर्न सकिएन। समय लाग्छ । तर ओरालो लाग्ने क्रममालाई रोकेर अर्थतन्त्रको सुचकांका पनि सकारात्मक बाटोमा अघि बढेको छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ताबाट बाहिरिनुपर्दाको छटपटी पोखिरहेको टिप्पणी गरे । उनले अहिले सरकारको विरोध गर्नेहरू राम्रोलाई राम्रो भन्न नसक्नेहरू मात्रै भएको दाबी गरे ।

उनले सांसदहरूको भूमिका प्रभावकारी नभएको भन्दै बजेटमाथि छलफलमा हमला हुने भएकाले बुँदागत रूपमा दमदार तर्क राख्न निर्देशन दिए । उनले सदन चलाउनको लागि विपक्षी दलको नेता प्रचण्डसँग पनि कुरा गर्न खोजेको भएपनि सम्पर्कमा आउन नचाहि रहेको बताए ।

उनले भने, ‘उहाँ कुरा नगर्ने बन्द गर्ने पक्षमा हुनुहुन्छ होला । यस्ता नचाहिने कुरामा संसद् रोकेर देशको विकासको गतिलाई रोक्ने काम निरर्थक ढंगले केही नपाएर गृहमन्त्रीको राजीनामा मागिरहेका छैनन् । केहीले छोएको छैन उहाँलाई कर्मचारीलाई अख्तियारले सोध्यो भनेर रे । यस्ता कुराले संसद् अवरोध हुँदैन । तपाईँहरू तयार भएर आउनुस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *