काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक (बाफिया)ले नेपालको आर्थिक भविष्य नै निर्धारण गर्ने बताएका छन् । सोमबार सोमबार बसेको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
गभर्नर पौडेलले भने, ‘हाम्रो देशमा भइरहेको ऋणको प्रवाह लगायतको स्थिति हरेर बाफियाले छुट्याउन खोजेको देखिएको छ । बाफियामा भएका केही विधेयकमा भएका बुँदाहरूले नेपालको आर्थिक भविष्यलाई नै निर्धारण गर्छ । त्यसैले यसबारे ध्यान दिनुपर्छ ।’
यस्तै, उनले बाफियाका बुँदाहरू परिवर्तन भूकम्प आएजसरी हुने उनले जानकारी दिए । गभर्नर पौडेलले भने, ‘बाफियामा भएका केही बुँदाहरू जस्तै: सञ्चालक समितिको प्रतिनिधित्व लगायतका कुराहरू सामान्य हुन् । त्यसबाहेक बाफियामा अर्थतन्त्र, ऋण र बैंकको संरचना नै परिवर्तन गर्नेगरि केही चिजहरू आएका छन् । यसमा भूकम्प आएजसरी परिवर्तन हुनसक्छ ।’
केही हदसम्म ऋणहरू केन्द्रीकृत गएको छ की भन्ने कुरा पनि आएकोले यसबारे ध्यान दिनु उनले सुझाव दिए । यस विधेयकबाट कसले कर्जा पाउँछ कसले पाउँदैन भनेर स्पष्ट पार्न खोजिएको उनको भनाई छ ।
पछिल्लो तथ्यांक अनुसार हाम्रो देशको १९ लाख ४० हजार ऋणीहरूमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग गरेको भनेर आएको छ । यो एउटा तथ्यांकको संकलन गर्ने विधि परिवर्तन गर्ने हो भने केही व्यक्तिहरूमा धेरै ऋण गएको छ की भन्ने ‘कन्सर्न’ रहेको गभर्नरको भनाई छ ।
‘त्यसरी धेरै ऋण जानु राम्रो हो या होइन र त्यसले उत्पादकत्वमा राम्रो गरेको छ या छैन, त्यसले राज्य सञ्चालनको सिद्धान्तहरूलाई प्रतिबिम्बित गर्छ भनेर पनि हेर्नु पर्छ’, गभर्नर पौडेलले भने ।

Leave a Reply