सुकुटे । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न सुरु भएको छ।
पछिल्लो समय यहाँको र्याफ्टिङ राफ्टिङ चर्चित छ । उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोसी र्याफ्टिङको मुख्य गन्तव्य हो ।
र्याफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट भोटेकोसीमा करिब दुई दर्जनको हाराहारीमा छन् । ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रवार ३ देखि ४ हजारको हाराहारीमा मानिस र्याफ्टिङको लागि आउने गरेको राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।
उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन् । यो सिजनमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोड बराबरको आन्तरिक व्यापार हुने गरेको बताइन्छ ।


Leave a Reply