काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ छ ।
प्रेमीले रुवाएर दुनियाअघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले भिडिओमा प्रस्तुत गराएका छन् ।
भिडिओमा एलिनाकै अभिनय छ । भिडिओको छायांकन सुविन गोदार र सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन् । निर्माता निमिसा दवाडी छिन् ।
गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन् ।

Leave a Reply