कमल थापा र सिंहसहित छुटे ७ जना, मापसे गरेका एकजना हिरासतमै

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ ।

प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *