भक्तपुर । प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्य नभाग्ने बताएकी छन् । मध्यपुरथिमिमा जेसुम यात्रा लोकार्पण कार्यक्रममा केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उनले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने बताएकी हुन् ।
शाक्यले भनिन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौ, हामी भाग्दैनौ, कतै जादैनौ पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौँ ।’
उनले आफूले अनुमति पाए आन्दोलनका नाममा सिंहदरबार र बालुवाटार घर्न आउछु भन्नेहरुका बीचमा उभिएर धेरै कुरा सोध्न मन लागेको बताउँदै भनिन्, ‘बालुवाटार घेर्छु भन्नेहरुको अनुहार पनि हामीले देखेका छौँ, चिनेका छौँ, सारा जनताले देखेको छन्, चिनेका छन् ।’
देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न, त्यसबारेमा प्रकाशित पुस्तकहरु पढ्न र मूल्यांकन गरेर मात्रै बोल्न उनले आग्रह गरिन् ।
शाक्यले भनिन्, ‘उहाँले देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र बिभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।’
अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उहाँले आव्हान गरिन् ।
कार्यक्रममा वागमति प्रदेश सभाका पूर्व सदस्य एवं भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शशीजंग थापाले आफ्नो परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक प्रथम महिला शाक्यलाई हस्तान्तरण गरे भने नम्रता थापाले हालै प्रकाशित शाक्यको पुस्तक करुणाको समीक्षा गरिन् ।

Leave a Reply