‘पुष्पकमल’ प्रतिगामीले दिएको नाम हो, प्रचण्डमात्र भनौं : सुरेश आलेमगर

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश आलेमगरले पार्टी अध्यक्ष प्रचण्ड सहभागि कार्यक्रममा ‘पुष्पकमल दाहाल’ प्रतिगामीले दिएको नाम भएको टिप्पणी गरेका छन् ।

माओवादी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको उद्घाटन समारोहमा सम्बोधनको क्रममा उनले प्रचण्डले पुष्पकमल नाम प्रतिगामीले मात्रै रुचाउने बताएका हुन् ।

आलेमगरले अरु कार्यक्रममा पुष्पकमल दाहाल भन्नुपर्ने भए पनि पार्टीका कार्यक्रममा भने ‘प्रचण्ड’ मात्रै भन्नुपर्ने प्रस्ताव गरे ।

उनले भने, ‘पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो र प्रतिगामीले मात्रै रुचाउछन् । हामीले रुचाउने नाम हो प्रचण्ड । यही नाम रुचाउनुपर्छ । मेरो एउटा सानो प्रस्ताव छ- अन्त पुष्पकमल दाहाल भन्नैपर्ने हुन्छ होला, हाम्रो कार्यक्रममा पुष्पकमल दाहाल नभनौं, प्रचण्ड भनौं ।’

आलेमगरले सुरूमा सम्बोधनका क्रममा ‘पार्टी अध्यक्ष एवं गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री आदरणीय कमरेड प्रचण्ड भन्दै सम्बोधन गरेका थिए ।

उनले भने, ‘मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ । श्रद्धेय भनिनँ । पुष्पकमल दाहाल पनि भनिनँ । किनभने श्रद्धय, श्रद्धा पूजा अर्चना आरती यी सबै शब्द सामन्ती शब्द हुन् ।’

उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो र गर्विलो लाग्ने उनको भनाइ थियो । आलेमगरले त्यसो भनिरहँदा हल ताली र हुटिङले घन्क्यो ।

उनले थप्दै भने, ‘सम्मान गर्न मन लाग्छ हामीलाई । अति सम्माननीय, आदरणीय भन्न सक्छौ ।’

उनले त्यसो भनिरहँदा प्रचण्डले चस्मा मिलाउँदै र दीपशिखासँग कानेखुसी गर्दै हाँसे । पदाधिकारी तथा अन्य अतिथिको अनुहार पनि हाँसोमय भयो ।

Comments

4 responses to “‘पुष्पकमल’ प्रतिगामीले दिएको नाम हो, प्रचण्डमात्र भनौं : सुरेश आलेमगर”

  1. LEKH NATH Avatar
    LEKH NATH

    “आदरणीय” सब्द पनि प्रतिगामी होला नि ? अनि प्रचण्ड लाइ “त” भनेर सम्बोधन गर्ने हो र ? ओइयात कुरा ।

  2. ksp Avatar
    ksp

    पुष्पकमल बाउआमाले राखिदिएका होलान् । बाउआमा पनि प्रतिगामी भए अब । यो विवेक शुन्य दिल्लीको भाडाको टट्टु के के भन्छ भन्छ ।

  3. samir Avatar
    samir

    कम्युनिस्ट भनेकै बहुलाहा अनि राक्षस प्रकृतिका जनावर हुन! माओवादी त हत्यारा नै भैहाले!

  4. manaia thompson Avatar
    manaia thompson

    Who is this chap, I do not know. Why Nepal os like what it is today? Clear answer for this question can be found in this article. All except few do “apple polishing” of their superiors for selfish cause. It has been the tradition and culture of “nepali”. They performed this act since immemorable time, I guess.
    Look at Mr Bhesh Bahadur Thapa, look at Surya Bahadur Thapa, look at Kamal Thapa and look at cadres of Khadge, Ryale [Shere] and the cadres of this murderer of 17000 Nepali innocents.
    Those who did not and could not do the tradition left the country because it was and is and will remain unlivable.

Leave a Reply

Your email address will not be published. Required fields are marked *