कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।

शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । उनीहरूलाई छोड्ने कि हिरासतमै राख्नेबारे हालसम्म कुनै आदेश र योजना नरहेको उनले बताए ।

Comments

One response to “कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?”

  1. RK Avatar
    RK

    राजावादीको आन्दोलन ले मलाई लेना न देना तर अरु सबैले आन्दोलन गरेको सुहाउछ किनकी सबै नयाँ जोगीहरू खरानी धसेर आएका हुन माना पचनी गर्नै पर्छ तर कमल थापा जस्तो लाजपचेको पूर्वपञ्चले सडकमा नाटक देखाएको पटक्कै सुहाएन । धिक्कार छ यो फुटेको मेरो मोवाइल ! कमल थापाको वारेमा समाचार पढ्नु पऱ्यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *