राजेन्द्र लिङदेनको चेतावनी- निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजिए मान्दैनौं (भिडिओ)

काठमाडौं । राजावादी मोर्चाको आन्दोलन आज काठमाडौंको नारायणचौरमा सुरु भएको छ । यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिने तयारी आन्दोलकारीले गरेका छन् ।

नारायण चौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने बताए ।

 

उनले भने, ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौं । तर, तपाईंहरुले कान खोलेर सुन्नुस, तपाईंहरुले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौं ।’

लिङदेनले थपे, ‘प्रशासनबाट आदेश आउनुपर्ने हो कि, यहाँको कमाण्ड गरिराखेकोले निर्णय लिने हो कि, गृहमन्त्रीलाई सोध्नुपर्ने हो कि प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो सोध्नुस् । हामी कुनै पनि प्रकारको मुठभेड चाहँदैनौं । तर तपाईंले तोकेको निषेधित क्षेत्रसम्म जान चाहन्छौं । कम्तिमा हिजो गएको ठाउँसम्म हामीले जान पाउनुपर्छ ।’

 

Comments

2 responses to “राजेन्द्र लिङदेनको चेतावनी- निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजिए मान्दैनौं (भिडिओ)”

  1. Yubaraj Acharya Avatar
    Yubaraj Acharya

    लिङ्ग्देन र ज्ञान बहादुर शाहीले कथित राजा ल्याउने सुगुरले आकाश देख्ने अनि गोरु ब्याएर पूर्वराजा तस्करीको नाइके अपराधी ज्ञानेन्द्रले गोरुको बिगौती खाने एकै कुरा हुन्। ज्ञानेन्द्र राजा बन्ने हो भने माओवादी युद्ध र २०६२/६३ को आन्दोलन भन्दा भयानक आन्दोलन विना सम्भव छैन। जनता दलिय ब्यबस्था प्रति निरास छन् तर कसैलाई बंशको आधारमा राजा स्वीकार्न तयार छैन। चेतना भया !!

  2. Laleek Avatar
    Laleek

    जसरी प्रजातन्त्रबादी नेताहरूलाई जसरी जेलनेल हाले, कैदी बनाए त्यसरी नै यिनलाई पनि २७ वर्षसम्म हाल्नु पर्छ, किन पछि हटेकाे सरकार तु कारवाही देशद्रोही र अराष्ट्रिय तत्वका नाममा हाल्नैपर्छ, अनि थाहा पाउँछ, यिनलाई किन छुट ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *