यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण पर्यटक बसहरु समेत चल्न नपाएर आन्तरिक तथा विदेशी पर्यटकले दुःख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन गरिएको छ ।

पर्यटक बस व्यवसायी संघले विभिन्न प्लेकार्डसहित काठमाडौंको सोह्रखुट्टेमा प्रदर्शन गरेको हो । उनीहरूले ‘पर्यटक बस सुचारु गरौं’, ‘स्वदेशी, विदेशी दुवै पर्यटक हुन्’ जस्ता प्लेकार्ड बोकेका थिए । संघले पर्यटक ओसार्ने गाडीमा अवरोध नगर्नसमेत आग्रह गरेको छ ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध जनाउँदै शुक्रबारदेखि प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका छन् । जसमा पर्यटकीय सवारी साधनलाई पनि अवराेध पुगेकाे छ । भोलिदेखि देशभर नै यातायात ठप्प पार्ने उनीहरुको तयारी छ ।

Comments

One response to “यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन”

  1. ksp pyl Avatar
    ksp pyl

    प्ले कार्ड मात्र होईन अब लठ्ठी लिएर नचलाउनेहरूलाई कारवाही नगरी हुँदैन ।जिम्मेवारी लिनु पर्दैन ? जे गरे पनि हुने ? माग के भन्दा अरू आउनै हुँदैन मैले मात्र लुटनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *