गाडीमा कालो झण्डा राखेर यातायात व्यवसायीको विरोध (तस्बिरहरु/भिडिओ)

काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज सवारीसाधनमा कालोझण्डासहित विरोध र्‍याली निकालेको छ। ७ बुँदे मागसहित चरणवद्ध आन्दोलन थालेका यातायात व्यवसायीहरुले आज काठमाडाैंकाे माइतीघरमा सवारीसाधनमा कालोझण्डासहित विरोध र्‍याली निकालेको हो ।

व्यवसायीहरुले विरोध स्वरुप गाडीमा कालाे झण्डा राखेका छन् भने निधारमा कालोपट्टी समेत बाँधेका थिए । उनीहरुले बागमती प्रदेशका सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको ब्यानर बोकेर विरोध गरेका हुन् ।

हिजो आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरुले कलोझण्डा देखाएर ६ वटैप्रदेशबाट विरोध र्याली गरेका हुन् ।

उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरु यातायात क्षेत्रको बचाउको लागि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन्।

व्यवसायीहरूले सरकारसँग वार्ताको माग गर्दै, हालको नीतिगत निर्णयहरूले सार्वजनिक यातायात व्यवसायमाथि दबाव सिर्जना गरेको आरोप लगाएका छन्।

Comments

One response to “गाडीमा कालो झण्डा राखेर यातायात व्यवसायीको विरोध (तस्बिरहरु/भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एकलौटी गरेर मान्छेलाई गाडीमा भेडाबाख्राजस्तो गरेर कोचेर पैसा लुटने जमाना गए अब । प्रतिस्पर्धा गरेर गुणस्तरीय सेवा दिने मात्र टिक्नुपर्छ । यिनको विरोध लुटन नपाएर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *