‘सीप मेला’ मा मा इग्नाइट लर्निङ ल्याबको युवालक्षित हस्पिटालिटी तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी क्षेत्रमा रुचि राख्ने युवाहरूलाई लक्षित गरी व्यावसायिक तालिमहरू नि:शुल्करूपमा दिइरहेको छ ।

अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत सञ्चालित इग्नाइट लर्निङ ल्याबले ‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने नारासहित लक्जरी हस्पिटालिटी, फुड एन्ड बेभरेज, र बार ट्रेनिङजस्ता कोर्समार्फत युवालाई व्यावसायिक सीप विकासमा सहयोग पुर्‍याइरहेको छ।

यी तालिमहरू अन्तर्गत ‘फुड एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्स्पेरियन्स’, ‘मेनु तथा टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरेन्ट अपरेसन’, ‘मिक्सोलोजी तथा ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेटअप र इन्भेन्टरी कन्ट्रोल’, र ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ जस्ता विधा समावेश गरिएको छ ।

इग्नाइटले प्रशिक्षार्थीहरूलाई दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा प्रत्यक्ष डेमोमार्फत तालिम दिने व्यवस्था गरेको छ। नि:शुल्क मेन्टरिङ सेवा र तालिमपछि इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टीसमेत दिइएको कम्पनीले जनाएको छ।

जेठ ७ गतेदेखि जारी सीप मेला ३० दिनसम्म सञ्चालन हुनेछ । अहिलेसम्म १६ सयभन्दा बढी प्रशिक्षार्थीले इग्नाइट लर्निङ ल्याबको तालिममा सहभागिता जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *