काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपाल भ्रमणको निम्तो गरेका छन् ।
रसियाको भ्रमणमा रहेका एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले महासचिवसँगको भेटमा ओलीको निमन्त्रणमा पत्र हस्तान्तरण गरे । महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको भट्टराईले बताए ।
भट्टराईसहित प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रस्सियन फेडरेसनका राजदूत जंगवबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रुसका अध्यक्ष दिनानाथ राजभण्डारीको टोलीले जुगानोभसँग भेट गरेको हो ।
उक्त भेटमा दुई पार्टी तथा नेपाल-रुस सम्बन्धो विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply