रुसी विज्ञान प्रतिष्ठानको अध्यक्ष बने युक्रेनका पूर्वप्रधानमन्त्री

काठमाडौं । युक्रेनका पूर्वप्रधानमन्त्री रुसको सरकारी विज्ञान प्रतिष्ठानको अध्यक्ष बनेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनमा सन् २०१० देखि २०१४ सम्म प्रधानमन्त्री रहेका निकोलाई आजारोभ रुस विज्ञान प्रतिष्ठान (रास)को अध्यक्ष बनेका हुन् ।

भौगर्भिक तथा खनिज क्षेत्रको विज्ञानमा विद्यावारिधि गरेका आजारोभलाई रुसको विज्ञान प्रतिष्ठानको अध्यक्ष हुनुलाई अर्थपूर्ण मानिएको छ । रुसले युक्रेनसँग सन् २०२२ फेब्रअरी २४ बाट सैन्य हमला गरेर झण्डै २० प्रतिशत भूमि कब्जा गरेको परिप्रेक्ष्यमा युक्रेनका पूर्वप्रधानमन्त्रीको रुसी प्रतिष्ठानमा अध्यक्ष भएको समाचार सार्वजनिक भएको हो ।

७७ वर्षका आजारोभ युक्रेनी सत्ता खासगरी वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कटु आलोचक हुन् । उनलाई जेलेन्स्की सरकारले ‘गद्दार’ उपमा दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *