‘वन व्यवस्थापनबाट हरित अर्थतन्त्र र समृद्धिको लक्ष्य प्राप्त गर्न सकिन्छ’

चौतारा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकले आफ्नो स्थापना दिवस मनाएको छ । सामुदायिक वनको सुशासन, दिगो व्यवस्थापन, आर्थिक पारदर्शिता, नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल गरी स्थापना दिवस मनाएको बागमती प्रदेश सदस्य टीका सुवेदीले बताए ।

सामुदायिक वन समूहहरूमा आन्तरिक सुशासन, आर्थिक पारदर्शिता तथा नेतृत्व विकासको क्षेत्रमा महासङ्घले निगरानी र सहजीकरण गर्नुपर्ने आवश्यकता छलफलको निष्कर्ष रहेको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सदस्य गङ्गा अर्यालले सामुदायिक वनबाट आम्दानी स्रोत वृद्धिको प्रयासमा उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। वन कार्यक्रमहरू स्थानीय सरकारसँग सहकार्यमा सञ्चालन गर्नुपर्ने सुझाए ।

कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष जनक गिरीले विगतमा गरिएको निर्णयहरूको कार्यान्वयन अवस्थाबारे जानकारी गराए ।
आर्थिक वर्ष २०८२÷८३ का लागि सम्पूर्ण पालिकामा सामुदायिक वनसम्बन्धी नीति तथा कार्यक्रमको प्रस्ताव स्थानीय महासङ्घमार्फत पेश गरिने निर्णय गरिएको अध्यक्ष गिरीले बताए ।

कार्यक्रमबाट लिइएका निर्णयहरू सामुदायिक वनको सुशासन, सहभागिता र दिगो व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। सहभागीहरूले सामुदायिक वन व्यवस्थापनमार्फत हरित अर्थतन्त्र र समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने निष्कर्ष निकालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *