समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनबाट सडकमा कुनै आन्दोलन नै देखा नपर्ने दाबी गरेका छन् ।

‘गणतन्त्र नै सही बाटो’ संवाद कार्यक्रममा बोल्दै उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताए ।

गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल नै भएको भन्दै उनले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।

महामन्त्री थापाले भने, ‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो । मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’

उनले नेपालमा केही भएको छैन भन्ने भाष्यको खण्डन गरे । उनले विकृत राजनीतिक गठबन्धनको संस्कृतिबाट पनि मुक्त हुनुपर्नेमा जोड दिए ।

Comments

4 responses to “समाजले अस्वीकार गरेका ठूला नेताहरूले विश्राम लिए सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा (भिडिओ)”

  1. bipin Avatar
    bipin

    bakhra chook murdabaad ..talai matra tha cha art nepali gadha hun haina

  2. ksp pyl Avatar
    ksp pyl

    अस्विकृत नेतामा तिमी पनि छौ । शुरूवात आफैंबाट गर अनि पत्याउँला ।

  3. ksp pyl Avatar
    ksp pyl

    देउवा हटलान र खाउँला भनेर हिडेको छ साथी । देउवाले अर्कै नेतालाई स्थापित गराउँछन् । तिमी हेरेको हेर्यै हुनेछौ । नेपालमा विदेशीका गुलामहरू अब सखाप हुनेछन् ।

  4. Mr. Lama Avatar
    Mr. Lama

    हैन देउवाहरुकाे पुस्ताले विश्राम लिनु पर्छ भन्न चाहिँ किन नसकेको हाे । …ताेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *