‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो, अहिले पैसा दिएर केही मान्छे ल्याएछन्’ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघसंगठन खुल्ने स्थिति थिएनन् । अहिले तपाईंहरु पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ । यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । उनीहरुलाई जनमतसंग्रह भएको लाग्यो रे, तर पहिलो दिन दान (पैसा) दिएर केही मान्छे ल्याइए । दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए । मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा…गरेर डर लागेन भनेर खेलेको याद आयो ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ भन्दै व्यंग्य गरे ।

उनले थपे, ‘अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्नसक्छ, होस गर ।’

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाई सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो, अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे ।

ओलीले भने, ‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन् निरकुङ्शता लाद्‌याे । जनताको अधिकार खोस्यो । विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैतृक सम्पत्ति थुपार्‍याे । अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो । यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोज्दैछन् । यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो । आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ । प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेर्छौं, तर प्रतिगमन अब सम्भव छैन ।’

बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्योभन्दा पहिला बिरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे ।

चिकित्सा विज्ञान यो तहमा नपुगेको भए र अस्पताल नभएको भए आफ्नो बीसौँ वार्षिक पुण्यतिथि सकिइसकेको हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग रहेकाले स्वास्थ्यकर्मीलाई सचेत नागरिक भएकाले राष्ट्रिय दायित्वमा पनि लाग्न जोड दिए ।

उनले थपे, भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहन्न, तर मैले डाक्टर र नर्सहरुले कठिन स्थितिमा पनि बिरामी जादुमयी रुपमा मान्छेलाई बचाएको देखेको छु । त्यसकारण म त भन्छु, डाक्टरर्स आर द ग्रेटर द्यान द गर्डस् । आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा अगाडि निरोधात्मक सचेतनामा लाग्नुर्छ । यस महासंघले भूमिका खेल्न सकोस् ।’

Comments

4 responses to “‘दरबार हत्याकाण्डपछि कुशको बाहुन जस्तो नक्कली राजतन्त्र आयो, अहिले पैसा दिएर केही मान्छे ल्याएछन्’ (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    यो दसवोटा मृगौला दसवोटा जनावर बाट लिएर बाँचेको मानवरूपी जनावर किन र केका लागि भौँ भौँ गर्छ?एसका मालिक दछीणतिर का न उत्तरतिरका ले घाँस हालेनन जस्तो छ यो नर पिचासलाई।कुशे बाहुन त तँलाई चाहिने भैसक्यो साले चोर डाँका।आर्यघाटमा तेरै लागी बाहून तैयार छ त्यो पनि कुशे।

    1. Mr. Lama Avatar
      Mr. Lama

      ओई हरामी केपी बढी कुरा नगर जाँठा

  2. bipin Avatar
    bipin

    timpani hau sarba gayene nepal 8 pass nakcharo pm

  3. Mr. Lama Avatar
    Mr. Lama

    ओई हरामी केपी बढी कुरा नगर जाँठा

Leave a Reply

Your email address will not be published. Required fields are marked *