गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहनेछैनः प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट अझै विनियोजन गर्न नसकेको बताएका छन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जोडबल गरेकै कारणले शिक्षा विधेयक संसदमा पेश भएको बताए ।

उनले शिक्षकहरूसँग भएको सहमतिअनुसार नै शिक्षा विधेयक पारित गर्नुपर्ने बताए । सरकारको नेतृत्वमा भएकाहरूले जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा आक्रोश देखिएको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन । कतिपय नेताहरूले भ्रष्टाचारीको संरक्षण, विभेद गर्नेलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क छन् । आर्थिक समृद्धि जनअपेक्षाअनुसार हुन सकेको छैन, तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रति होइन, नेता र नेतृत्वहरूको कारणले हो ।’

उनले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।

उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्नेबित्तिकै राजावादीहरूको केही नरहने बताए ।

प्रचण्डले गणतन्त्रवादी नेताहरूको कारणले प्रश्न उठेको भए पनि राजावादीहरूबाट कुनै खतरा नभएको दाबी गरे ।

Comments

4 responses to “गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहनेछैनः प्रचण्ड (भिडिओ)”

  1. bipin Avatar
    bipin

    17000 janmara le yesto vanna su-haun-cha ?

  2. manaia thompson Avatar
    manaia thompson

    yo marna nasakeko huna ta yaslai sajilai marna pani dinu hunna, tad pai tadpai marna dinu parchha kinaki 17000 nepaliko aanshu bokeko chha yo jyaanmaaraa le.

  3. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस एमालेको सरकारले स्थिरता दिएको कुरा नेपाल सिध्याउन हिडेका विदेशीका दलालहरूलाई सह्य भएको छैन । स्थिरता भाँडन अनेक कुरा गर्दैछन् । राजावादीहरू हावी हुन थाले, गणतन्त्रवादीहरू मिल्नुपर्छ , त्यो मिल्ने भनेको संयुक्त सरकार बनाउने हो भनेर अहिलेको स्थिर सरकारलाई विस्थापित गराउनु प्रचण्डको मुख्य ध्येय हो । न राजावादीले केही गर्न सक्छन न सरकार फेरिन्छ । ८४ सम्म यसैगरी लगेमा कम्तिमा माओवादी र समाजवादी नामका विदेशीले पालेका एजेण्ट सखाप हुनेछन् । दुई दलीय लोकतन्त्रको लागि यो राम्रो पक्ष हो ।

  4. samir Avatar
    samir

    अब कालो काङ्ग्रेस , हत्यारा माओवादी र भ्रष्ट एमालेलाई सबै नेपालीले बहिष्कार गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *