राजावादीलाई ओलीको प्रश्न- म प्रभुको दास हुन्छु भन्दा झोले नहुने, एमालेको विरोध नगर्दा हुने ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा संक्रमणकाल रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारमा सक्रिय हुन बुद्धिजीवीहरुलाई आग्रह गरेका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झन्डा बोक्न नछोड्न आग्रह गरे ।

 

उनले भने, ‘म एमालेको झोले हुँ । यतिभन्दा एमालेका विरोधीहरूलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ । जेमा पनि खोट देख्ने तथाकथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् ।’

प्रधानमन्त्री ओलीले आफूले कुनै सामन्तको दुई कौडी लिएर त्यसको झोला नबोकेको तर्क गरे । उनले ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्न आग्रह गरे ।

उनले थपे, ‘तपाईंहरू बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठीक गर्नेहरूको विरोध गर्नुस् । सही विचार बोक्नेहरूलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् । ’

एमालेले राष्ट्रिय एकतालाई सर्वोपरि ठान्ने स्पष्ट गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने उनले टिप्पणी गरे ।

Comments

One response to “राजावादीलाई ओलीको प्रश्न- म प्रभुको दास हुन्छु भन्दा झोले नहुने, एमालेको विरोध नगर्दा हुने ? (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    यो दसवोटा मृगौला दसवोटा जनावर बाट लिएर बाँचेको मानवरूपी जनावर किन र केका लागि भौँ भौँ गर्छ?एसका मालिक दछीणतिर का न उत्तरतिरका ले घाँस हालेनन जस्तो छ यो नर पिचासलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *