‘साथीहरूले चुनावको नाममा बढ्तै डेमोक्रेसी देखाउँदैछन्, मिलेर जानुस् भन्दा तानाशाही भन्छन्’ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी कमिटीमा मिलेर जान जोड दिँदा आफूमाथि तानाशाही भएको आरोप लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले कसैलाई चुनाव लड्न आफूले प्रतिबन्ध नलगाएको बताए ।

चुनाव गर्दा गुट बन्ने र पछिसम्म जाने भएकाले आफूले सहमतिमा जोड दिएको उनको भनाइ छ ।

ओलीको भनाइ

किन हो एउटा हल्ला चलाउँछन्, म छक्क पर्छु । मिलेर जानुस् भन्दा नेतृत्वले चुनावै गर्न दिएन भन्छन्, अधिनायकवाद भयो, तानाशाही भयो भनेर । मिलेर जानुस्, लडेर पनि एउटै अध्यक्ष हुने हो ।

उपयुक्त मूल्याङ्कन गरेर उपयुक्त मान्छेलाई छाड्नुस् न ! त्यति पनि सकिन्न ? यही चाहिँ डेमोक्रेसी छ्यालब्याल गर्नुपर्छ ? कतिपय ठाउँमा त डेमोक्रेसी अझै बढ्तै गएको देखिन्छ । त्यस्तो डेमोक्रेसी नचलाऔँ ।

सबैभन्दा राम्रो सहमतिका साथ जानुस्, मैले जहिले पनि त्यही भन्छु । सहमतिका साथ जान सकिँदैन भने शुभकामना छ चुनाव लड्नुस् जित्नुस्, जोजो उम्मेदवार बन्नु छ बन्नुस् । एउटा पोस्टमा एमाले मात्रै जित्छ याद राख्नुस्, तर परिणाम आएपछि काइँकुइँ नगर्नुस् ।

सहमति गर्ने बेलामा गर्ने अनि के गर्ने बाध्य बनाएर चुनाव लड्न दिएनन्, अत्यधिक मतले मै जित्थे भन्ने गरी पनि सहमति नगर्नुस् । सहमति गरेपछि हाँसीखुसीसाथ अपनाएर जानेगरी अघि बढ्नुस्।

चुनाव लडेर साथीहरू आउँछन्, म उपविजेता भए भन्छन् । म कहिलेकाहीँ त अलमल पर्छु, अध्यक्ष र उपाध्यक्ष त बुझिएको थियो, विजेता र उपविजेता कसरी भयो ? के हो उपविजेता भन्दा अलिकतिले जितिएन, त्यही भएर उपविजेता ।

Comments

One response to “‘साथीहरूले चुनावको नाममा बढ्तै डेमोक्रेसी देखाउँदैछन्, मिलेर जानुस् भन्दा तानाशाही भन्छन्’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    चुनावमा बढता जोड दिएर गुट खडा गर्ने काम विद्याले गर्दैछिन । अर्को माधव नेपाल बन्न बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *