ब्लड क्यान्सरपीडित कपिलवस्तुका पत्रकार दिपक केसीको निधन

रूपन्देही । ब्लड क्यान्सरबाट पीडित कपिलवस्तुका पत्रकार दीपक केसीको निधन भएको छ। अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए।

पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।

पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहेका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय भएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल ल्याइएको थियो । तर, उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *