ओलीलाई प्रचण्डको चुनौती- संसदको रोष्ट्रमबाट गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर भनुन् त (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याएका छन्।

नुवाकोटमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै यो सरकार भ्रष्टाचारीलाई बचाउनतिर केन्द्रित भएको आरोप लगाए।
उनले प्रधानमन्त्री केपी ओलीलाई गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर सुरु गर्न चुनौती दिए।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै-
मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरुन्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ। मैबाट सुरू गरियोस् पनि भनेको थिएँ। छानबिन गर्न आँट हुने स्थिति भएन किनकि मेरो कुनै संलग्नता थिएन। केही पनि छैन। केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ।

यो पार्टी र नेतृत्वलाई बदनाम गर्ने षड्यन्त्र थियो। केही नभएकै कारण हुनाले संसद्को रोष्ट्रमबाट पनि मैले मैबाट सुरु गरियोस् छानबिन भनेको हुँ। मेरो कुनै नाता साइनो छैन, नियोजित प्रचार थियो। ल त अरूले पनि भनेर देखाउन् त मैबाट छानबिन गरियोस् भनेर, गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर प्रधानमन्त्रीजीले भनुन् त, अरू जग्गाको केसमा अरू नेताहरूले भनुन् त।

कहिलेकाहीँ क्यान्टोनमेन्टको कुरा गर्छन्, त्यसको सम्पूर्ण व्यवस्था गर्ने जिम्मा गिरिजाबाबुले लिनुभएको थियो। त्यस बेला अर्थमन्त्री रामशरण महत थिएँ, सबै गरेको उनीहरूले हो।

हाम्रो तर्फबाट मन्त्री महराजी हुनुहुन्थ्यो, सबै हिसाबकिताब क्लियर भएको कुरालाई उठाइराख्ने, माओवादीलाई बदनाम गर्ने, माओवादी पार्टी राम्रो हुन थाल्यो जनताले विश्वास गर्न थालेपछि त्यही बेलामा उठाइराख्ने त्यसैले यो कुरामा कुनै तुक छैन।

Comments

2 responses to “ओलीलाई प्रचण्डको चुनौती- संसदको रोष्ट्रमबाट गिरिबन्धु मैबाट छानबिन गरौँ भनेर भनुन् त (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीले खाएको क्यान्टोन्मेण्ट, सुन तस्करीको जिम्मा लिएर पार्टी अध्यक्षबाट राजिनामा देउ पहिला । जिन्दगिभर कति खान सकेको । ४० वर्ष भयो ।यस्ता पद लोलुपले अरूका कुरा किन गर्छौ ?

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    क्यान्टोनमेन्टकाे भ्रष्टाचार बाट शुरु गराैं भन्ने आँट छ ? आफुलाई आफैं सफाई दिन त मिलेन कि ? गिरीबन्धुमा त ऐन पास गर्ने सबै सांसदमाथि छानविन हुनुपर्ने हाेला नि । ओलीलाई मात्र दाेष दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *