राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन् (भिडिओ)

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको टिप्पणी गरेका छन् ।

आज एक कार्यक्रममा बोल्दै प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न नगर्न आग्रह गरेका हुन् । उनले सदनमा संविधान अनुसार सपथ खाएर  संविधानिवरुद्ध नजान चेतावनी दिएका छन् ।

उनले भने,‘सदनमा यही संविधान अनुसार सपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि विलकुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरेहुन्छ । नेपाल धेरै अघि बढिसकेको छ । भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरुलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’

उनले वर्तमान राजनीतिक परिस्थिति र विरोधका कारणहरूलाई लिएर स्पष्ट मत व्यक्त गरेका छन्। आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उनको भनाइ छ।

Comments

One response to “राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन् (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    तँ ज्यानमारा, डाँका (बैंक, नागरिकलाई तर्साएर चन्दा आतंककारी, प्रेस्सर कुकर आतंक आदि इत्यादी) गरेर, राज्य सँग गलत सँख्या दिएर लुटेको धन छ अनि सबै सँग र सबैले पैसाकै भरमा आन्दोलन गरेको देख्छस जाँठा।सत्र हजारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *