पूर्वगृहमन्त्री रिझाउन मन्त्रीलाई बेवास्ता, प्रमुख अतिथिमा खाण

रूपन्देही । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई रिझाउन सँगै रहेका बहालवाला मन्त्रीलाई छाडेर खाणलाई प्रमुख अतिथि बनाएका छन् ।

उपमहानगरपालिकाले शनिबार सीमा जोडिएका पालिकाकाहरू बीच सहकार्य र संयुक्त अभ्यासका सम्बन्धमा आयोजित अन्तरसंवाद कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीलाई छाडेर खाणलाई प्रमुख अतिथि बनाइएको हो ।

सरकारी कार्यक्रममा बहालवाला मन्त्रीलाई छाडेर अदालतमा विचाराधीन मुद्दा रहेका खाणलाई प्राथमिकता दिएको भन्दै सहभागीले आलोचना गरेका छन् ।

कार्यक्रममा सहभागी दलका प्रतिनिधिले अदालतमा मुद्दा नटुंगिएका व्यक्ति अभियुक्त नै भएकोले प्रमुख अतिथि बनाएर औपचारिक कार्यक्रममा राखिनु शोभनीय नभएको बताएका छन् ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री कार्कीले मन्तव्य राखे भने जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपाईले पनि सम्बोधन गरेका थिए ।

Comments

One response to “पूर्वगृहमन्त्री रिझाउन मन्त्रीलाई बेवास्ता, प्रमुख अतिथिमा खाण”

  1. पूर्ण Avatar
    पूर्ण

    यो भन्दा लाज मर्दो र घिन लाग्दो गतिविधि अरु के हुन सक्छ र यसो भएपछि राजावादीहरुको आकर्षण बढ्नु स्वाभाविकै हो किन राजावादी हरुलाई गाली गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *