इलाम र झापामा अति भारी वर्षा

काठमाडौं । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाकाे धेरै स्थानमा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम र झापामा अति भारी भएको छ ।

इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर वर्षा भएको छ । यस्तै इलामकै बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर वर्षा मापन भएको छ । झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा भएको छ । सप्तकोशी चतरामा १२८.४ र धरानबजारमा १३४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । त्यस्तै कन्काइ १२३.६ मिलिमिटर वर्षा भएको छ ।

१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षाकाे रुपमा मापन गरिने महाशाखाले जनाएकाे छ ।

यी ठाउँमा थप वर्षा हुने जल विभागले जनाएकाे छ ।

भारी वर्षाको कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो सम्म उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

यस वर्ष १५ दिन अगावै पूर्व भेगबाट बिहिबार रातिदेखि मनसुन भित्रिएको छ।

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *