नेपालबाट पनि कंचनजङंघा आरोहण बन्द गर्न सिक्किमका मुख्यमन्त्रीकाे पहल:  के-के देखाए कारण ?

काठमाडौं । भारतको सिक्किमले सन् २००१ बाट कंचनजंघा आरोहणलाई निषेध गरेको छ । निषेधको कारण पूजास्थलको रक्षा गर्ने कानूनलाई सक्रिय गरेर यस्तो बन्देज गरिएको थियो ।

अब नेपालबाट पनि यस्तो बन्द गर्न भारतमा लबिङ सुरु भएको छ । यसको नेतृत्व सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले लिएका छन् ।

गत मे २४ मा गोलेले संघ सरकारका गृहमन्त्री अमित शाहलाई पत्र लेखेर नेपालसँग कूटनीतिक पहल गरेर नेपालबाट पनि आरोहण बन्द गर्न आग्रह गरेको छ ।

आग्रहको तत्कालीन काराण भने अरुणान्चल क्षेत्रको एक आरोहण दलले नेपालबाट हिमाल आरोहण गरेको समाचारलाई लिइएको छ ।

सिक्किमबाट बन्द भएको र सिक्किमलाई पवित्र हिमाल भएको भन्दै नेपालबाट पनि बन्द गर्न आग्रह गरिएको भोइस अफ सिक्किमले उल्लेख गरेको छ ।

सिक्किम सरकारका अधिकारीहरुले एक पत्रकार सम्मेलन गरेर नेपालसँग कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

 

Comments

2 responses to “नेपालबाट पनि कंचनजङंघा आरोहण बन्द गर्न सिक्किमका मुख्यमन्त्रीकाे पहल:  के-के देखाए कारण ?”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालपट्टी रहेको भागमा आरोहण गर्न दिने कि नदिने भन्ने कुरा भारतले भन्ने हो र ?

  2. गोपी Avatar
    गोपी

    भारतले नेपालको जमिन मिचेर खायो त्यो जमिन फिर्ता भा छैन।नोट बन्दी मा भा रू १००० र ५०० को करोडौं रुपियाँ फिर्ता भा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *